२०८२, ८ माघ बिहीबार

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा


काठमाडौँ, १६ कात्तिक : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिनुभएको छ । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताउनुभयो ।

अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले कानुन संशोधनको अभावमा आयोगलाई काम गर्न गाह्रो परिरहेको बताउनुभभयो । मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले विकास भनेकै सामाजिक न्याय र दिगोपन भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले राजनीतिक नेतृत्वले कारबाही गर्ने इच्छाशक्ति नदेखाउँदा पत्रकारविरुद्ध दण्डहीनता बढ्दै गएको बताउनुभयो । वरिष्ठ पत्रकार हरिहर विरही, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाल, अध्यक्ष हरिविनोद अधिकारी, प्राध्यापक चिरञ्जीवी खनाललगायतले नेपालको पत्रकारिता मानवअधिकार प्रवद्र्धन गर्नेतिर उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ३८ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष