२०८२, १३ कार्तिक बुधबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


काठमाडौँ, १६ कात्तिक : छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आउनुभएको र उहाँले लिनुभएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताउनुभयो । प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ०३ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र