२०८३, २० आश्विन बुधबार

गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे

गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे


भक्तपुर, १६ कात्तिक : तिहार नजिकिँदै छ, भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ, यसले तिहारको झल्को दिइरहेको छ । जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूले पछि यहाँका अधिकांश गाउँ राताम्मे बनेका हुन् । भक्तपुरको सबैभन्दा बढी फूलखेती हुने जिल्लाको दक्षिणी भेगको गुण्डुका घरघर र टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएको गुण्डु गाविस स्थानीय बासिन्दा एवं जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले बताउनुभयो । धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतमा, खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरिएको छ । एकै पटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ भने फूल बिग्रिएन भने एक सिजनमा एक रोपनी जग्गाबाट रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिन्छ ।

सूर्यविनायक नगरपालिकाले यस वर्ष स्थानीयलाई व्यावसायिक फूलखेती गर्न लगानी मात्रै गरेन, फूलको बीउसमेत वितरण ग¥यो । सामूहिक फूलखेती गर्ने किसानलाई प्रोत्साहन दिने उद्देश्यले नगरपालिकाले गुण्डुका किसानलाई तीन हजार फूलका निःशुल्क बिरुवा वितरण गरेको थियो । नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकालाई फूल उत्पादनको मुख्य स्रोतका रुपमा विकास गर्दै आयआर्जनको केन्द्र बनाइने र किसानलाई व्यावसायिक फूलखेतीमा आकर्षित गरी विदेशबाट आयात हुने फूललाई कम गर्न टेवा पु¥याउने लक्ष्यका साथ अनुदान वितरण गरेको बताउनुभयो ।

फूलखेतीको राजधानीका रुपमा परिचित सूर्यविनायक नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले गुण्डुबाट मात्रै तिहारमा काठमाडौँ उपत्यका, उपत्यका बाहिर र विदेशका अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, हङकङलगायतका विभिन्न देशमा करोडौँको फूल तथा माला निर्यात गर्ने गरेको बताउनुभयो ।
– रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको