२०८३, ४ कार्तिक बुधबार

बेपत्ता राजवंशीको शव फेला

बेपत्ता राजवंशीको शव फेला


भद्रपुर, १६ कात्तिक: पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ । गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको भारतीय भूमिमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कनकाई नदी किनारको कासघारीमा जमीनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।

बेपत्ता राजवंशीको खोजीमा रहेका स्थानीयवासीले नै उनको घडी, पर्सलगायतका सामग्रीसहित गाडिएको स्थानबाट ५० मिटर दूरीको स्थान रगताम्य भेटेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले शव खाल्डोबाट निकालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजवंशीको हत्या गरेर खाल्डोमा शव पुरिएको अनुसन्धानबाट देखिएको छ । सो स्थान भारतीय भूमिमा रहेको हुँदा राजवंशीको शव भारतीय प्रहरीले नै लैजाने र शव परीक्षणपछि मात्र नेपाल प्रहरीमार्फत परिवारको जिम्मा लगाइने बताइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ५४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा