२०८३, ११ श्रावण मंगलबार

बेपत्ता राजवंशीको शव फेला

बेपत्ता राजवंशीको शव फेला


भद्रपुर, १६ कात्तिक: पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ । गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको भारतीय भूमिमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कनकाई नदी किनारको कासघारीमा जमीनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।

बेपत्ता राजवंशीको खोजीमा रहेका स्थानीयवासीले नै उनको घडी, पर्सलगायतका सामग्रीसहित गाडिएको स्थानबाट ५० मिटर दूरीको स्थान रगताम्य भेटेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले शव खाल्डोबाट निकालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजवंशीको हत्या गरेर खाल्डोमा शव पुरिएको अनुसन्धानबाट देखिएको छ । सो स्थान भारतीय भूमिमा रहेको हुँदा राजवंशीको शव भारतीय प्रहरीले नै लैजाने र शव परीक्षणपछि मात्र नेपाल प्रहरीमार्फत परिवारको जिम्मा लगाइने बताइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ५४ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि