२०८३, १ कार्तिक आईतबार

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद

अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद


पर्सा, १६ कात्तिक: जिल्ला प्रहरी कार्यालयले आज अवैधरुपमा भित्र्याइएको साढे १४ किलो चाँदीका गहना बरामद गरेको छ । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले रु छ लाख २७ हजार मूल्य बराबरका १४ किलो ६७५ ग्राम चाँदीका गहनामा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बसलाई गण्डक चोकमा रोकी जाँच गर्दा सिटमुनि लुकाइराखेको झोलाबाट उक्त परिमाणको गहना बरामद गरिएकोे प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । बरामद गहनाको कसैले जिम्मेवारी नलिएको बताइएको छ । बरामद गरिएका गहनामा पाउजू, औँठी, विभिन्न देवीदेवताका मूर्ति, कानको बाली, विक्षियालगायत गहना रहेका छन् । गहनालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा