२०८२, १३ कार्तिक बुधबार

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी


दमौली, १६ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “साँच्चै नै मुलुकलाई समृद्ध बनाउने हो भने सबै दलबीच सहकार्य गरौँ ।”

नेता भण्डारीले बाटोे पूर्वाधार निर्माण, पर्यटन विकास र जलविद्युत्का क्षेत्रमा मिलेर काम गर्न सके समयमै विकास योजना पूरा हुने बताउँदै लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य रहेको हुँदा यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकलगायतले सबै राजनीतिक दलको सहकार्यले मात्रै मुलुकको समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ५ : ४९ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र