२०८२, १४ माघ बुधबार

मन्त्री केशव स्थापित पदबाट बर्खास्त, मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले लिने

मन्त्री केशव स्थापित पदबाट बर्खास्त, मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले लिने


काठमाडौं, १६ कात्तिक । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मन्त्री स्थापितलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका हुन् ।

संविधानको धारा १६९ को उपाधार २ को खण्ड ‘ख’ अनुसार मुख्यमन्त्री पौडेलले स्थापितलाई बर्खास्त गर्दै उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् ।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार तत्कालका लागि स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले सम्हाल्नेछन् ।

संविधानले दिएको अधिकार अनुसार नै मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेको कुरा पनि स्वकीय सचिव पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ३ : ४२ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार