२०८२, २८ चैत्र आईतबार

ज्यान जोगाउन चोरसँग यौन सम्पर्क गरिन् केवलीले, तर पनि जोगिएन ज्यान

ज्यान जोगाउन चोरसँग यौन सम्पर्क गरिन् केवलीले, तर पनि जोगिएन ज्यान


सल्यान, कात्तिक १६ :  सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीलाइ सोहि ठाउँ निवासि राजु भनेर चिनीने वीर बहादुर वस्नेतले हत्या गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मेलन र प्रेश विज्ञप्ती मार्फत यस्तो जानकारि गराएको हो । असोज २२ गते भारत बाट भखरै आएकी शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् ।

उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय बिर बहादुर बस्नेतलार्इ केवली संग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्यासम्म भएको खुल्न आएको छ ।असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीको टोली पुगर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो ।

टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरु सँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयो । प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।

पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्को हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिर बहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले वीर बहादुरलाई आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् ।

ज्यान लिन आँटेको बिर बहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्यो । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी वीर बहादुरले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : १० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४