२०८२, १३ कार्तिक बुधबार

सिंहदरबारभित्र सस्तो मेनु !

सिंहदरबारभित्र सस्तो मेनु !


काठमाडौँ, कात्तिक १६ : संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ ।

सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार ३ वटा कम्पनीले टेन्डर फारम भरेका थिए ।यसअघि क्यान्टिन चलाउँदै आएको रिजेन्सी बैंक्वेट र फाइभ स्पाइस पनि प्रतिस्पर्धामा थिए ।रिजेन्सीको उत्पादन गुणस्तरीय नभएको र मूल्यसमेत महँगो भएको सांसद तथा कर्मचारीहरुको गुनासो थियो ।

‘हामीले अरु क्यान्टिन सञ्चालकबाट ‘मेनु’ माग्यौं र स्वभाविक दररेटअनुसार कसले राम्रो र गुणस्तरीय खुवाउन सक्छ भनेर विज्ञापन ग¥यौं’, उपसचिव रिज्यालले भन्नुभयो– ‘अहिलेको नयाँ सञ्चालनमा सबै परिकारको रेट सस्तै छ तर दरसँगै त्यसको गुणस्तरीयता पनि खोज्छौं ।’१ वर्षका लागि दिइएको ठेक्कामा धेरै किसिमका मापदण्ड राखिएका छन् । असोज २६ गते ३५ दिनका लागि आवेदन मागिएको थियो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४९ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र

दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलन अगाडि उच्चस्तरीय बैठकको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका