२०८२, १७ माघ शनिबार

चमकदार कपालको लागि तितो करेला महत्वपुर्ण आहार हो

चमकदार कपालको लागि तितो करेला महत्वपुर्ण आहार हो


करेला बर्षभरि नै पाइने तरकारी हो । यो हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पर्न मद्धत गर्छ ।

यसलाई कुन समयमा खान हुन्छ र कुन समयमा खान हुदैन भन्ने कुरा हामीले राम्रोसँग जान्नुपर्छ । नत्रभने यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।

करेलाले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस प्रकार छन् स्

१ शरीरमा पानीको कमी महशुस भएमा पनि १र२ गिलास पानीमा २ चम्चा करेलाको जुस मिसाएर खानाले पनि राम्रो हुन्छ ।

२ करेलाले शरीरको इनर्जी पावर बढाउनुको साथै पानीमा उमालेर पिउनाले रोगसँग लड्ने क्षमता बढाउँछ । इन्सुलेशनको उचित मात्रामा नहुने हुनाले ब्लड सुगरको मात्रा बढेको हुन्छ जुन टाइप २ डायविटिजको लागि जिम्मेवारी मानिन्छ । टाइप २ डायविटिज रोगीको लागि करेलाको जुस एकदम फलदायी हुन्छ ।

३ करेलाले मुटु सम्बन्धी हुने रोगबाट पनि बचाउँछ । करेलाले कोलस्ट्रोल लेभल नियन्त्रण गर्छ । जसले ब्कतचष्ह सही तरिकाले काम गरेको हुन्छ र हार्ट अट्याक हुन निकै कम गर्छ । ब्लड सुगर पनि कम गरेको हुन्छ ।

४ करेलामा हुने एन्टिअक्साड शरीरमा भएको सबै विकार तत्वहरू बाहिर निकालेको हुन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ । करेला शरीरमा क्यालोरीका मात्रा पनि नियन्त्रण गरेको हुन्छ । करेलामा ८०र८५ प्रतिशत पानी हुने भएकोले शरीरको तौल घटाउन पनि मदत गरेको हुन्छ । करेलाको रसमा कागतीको रस पानीसँग मिलाएर पिउनाले शरीरको तौल घटाउन मदत गरेको हुन्छ ।

५ उमेर बढेसँगै जोर्नीसँग सम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ । खुट्टाको जोर्नी दुख्ने, उठ्न बस्न समस्या हुने तथा भर्‍याङ चढ्न समस्या जस्ता समस्याको लागि पनि करेला एकदम उपयोगी खाना मानिन्छ ।

६ महिलामा हेमोग्लोविनको समस्या बढी हुने गर्दछ । हुनत बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छ तर आइरनले भरपुर मात्रामा भएको पौषिक तत्व भएको खाना खानाले फाइदा हुन्छ । करेलामा आइरनको मात्रा धेरै हुने हुनाले करेला खानाले रगतमा हेमोग्लोविनलाई नियन्त्रण गरेको हुन्छ साथै रगत सफा पनि बनाएको हुन्छ ।

७ करेलाको हरदिन प्रयोगले छालामा चमक ल्याएको हुन्छ । छालामा हुने कयौं रोगहरू पनि निवारण गरेको हुन्छ । करेलाले रगत सफा राख्ने भएकोले अनुहारमा हुने दाग, डण्डिफोरको समस्या कमी ल्याउछ ।

८ लामो घना र चमकदार कपालको लागि पनि करेला एकदम महत्वपुर्ण आहार हो । करेलाको जुस दहीसँग मिलाएर कपालमा लगाउने र १५/९२ मिनेट पछि धुनाले कपालमा चम्किलोपन ल्याउँछ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  १० : ५९ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।