२०८३, ९ आश्विन शनिबार

माथिल्लो तामाकोसीको लागत दोब्बर

माथिल्लो तामाकोसीको लागत दोब्बर


काठमाडौं, कात्तिक १५: स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको श्रेष्ठले बताए । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य राखिएको थियो ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : २६ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा