२०८२, १५ पुस मंगलबार

माथिल्लो तामाकोसीको लागत दोब्बर

माथिल्लो तामाकोसीको लागत दोब्बर


काठमाडौं, कात्तिक १५: स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको श्रेष्ठले बताए । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य राखिएको थियो ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : २६ बजे

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४