२०८२, ८ फाल्गुन शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना सन्देश, देश विकासमा सहभागी हुन आग्रह

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना सन्देश, देश विकासमा सहभागी हुन आग्रह


काठमाडौं, कात्तिक २ गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

वडादशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

“देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ ”प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिकासाथ अग्रसर गराउन जनताले अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।”

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गर्नुभएको छ । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

नेपालीहरु रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ८ : २३ बजे

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २