२०८२, १ माघ बिहीबार

पहुरा र नृत्यसहित थारु समुदायको टीका

पहुरा र नृत्यसहित थारु समुदायको टीका


कञ्चनपुर, २ कात्तिक :  कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो ।
पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थाप्नुभएको हो ।

टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेनुएभयो । गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए ।

‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उहाँले भन्नुभयो, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।”

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा ९कोसेली० लिएर जानुपर्ने चलन छ । उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन् ।

गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको बताउनुभयो ।

पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन् ।

टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताउनुभयो । – राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ८ : १७ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना