२०८२, १७ चैत्र बुधबार

पहुरा र नृत्यसहित थारु समुदायको टीका

पहुरा र नृत्यसहित थारु समुदायको टीका


कञ्चनपुर, २ कात्तिक :  कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो ।
पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थाप्नुभएको हो ।

टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेनुएभयो । गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए ।

‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उहाँले भन्नुभयो, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।”

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा ९कोसेली० लिएर जानुपर्ने चलन छ । उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन् ।

गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको बताउनुभयो ।

पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन् ।

टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताउनुभयो । – राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ८ : १७ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा