२०८३, २२ भाद्र मंगलबार

काभ्रेमा दशैको टिकाको दिन दुई पुरुष मृतावस्थामा भेटिए

काभ्रेमा दशैको टिकाको दिन दुई पुरुष मृतावस्थामा भेटिए


काभ्रेपलाञ्चोक २ कात्तिक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन् ।
अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको लास फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताउनुभयो । उहाँका अनुसार सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको उक्त लासको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् । ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए ।

“ढुङ्गाले हानेर मारेको देखिएको छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।” लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । रासस

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ७ : ३० बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको