२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा दशैको टिकाको दिन दुई पुरुष मृतावस्थामा भेटिए

काभ्रेमा दशैको टिकाको दिन दुई पुरुष मृतावस्थामा भेटिए


काभ्रेपलाञ्चोक २ कात्तिक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन् ।
अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको लास फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताउनुभयो । उहाँका अनुसार सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको उक्त लासको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध आज बिहान मृतावस्थामा भेटिएका छन् । ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए ।

“ढुङ्गाले हानेर मारेको देखिएको छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।” लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । रासस

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ७ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना