२०८३, २६ श्रावण बुधबार

कुमारीको हातबाट टीका ग्रहण,ब्रह्मायणीमा दिनभर जात्रा

कुमारीको हातबाट टीका ग्रहण,ब्रह्मायणीमा दिनभर जात्रा


भक्तपुर, २ कात्तिक विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ ।

विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो ।

कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् ।

यसैगरी भक्तपुरका बासिन्दाले ब्रह्मायणी मन्दिरमा भव्य जात्रा मनाएका छन् । प्रत्येक वर्ष विजयादशमीको दिन लाग्ने जात्रामा हजारौँ स्थानीयवासीको गए रातिदेखि आजदिनभरि नै भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, काभ्रे, ललितपुर र काठमाडौँका भक्तजनसमेत आएका छन् । यस दिन मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

हिजोदेखि व्रत बसेकाहरू आज बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप ९दियो० बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसरी शरीरमा दियो बाल्नेमा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहेको छ ।

टोलटोलबाट विभिन्न धिमे, बाँसुरीलगायत विभिन्न बाजा बजाएर मन्दिरमा पूजा लैजाने र दर्शन गर्नेको ठूलै भीड लागेको छ । जात्रा आज राति मात्रै सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ६ : ४० बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा