२०८३, ७ कार्तिक शनिबार

दशैं उत्सव मनाउन हिडेको चौधरी डुंगा दुर्घटनामा परि बेपत्ता :  रात परेको भन्दै फर्कियो प्रहरी

दशैं उत्सव मनाउन हिडेको चौधरी डुंगा दुर्घटनामा परि बेपत्ता :  रात परेको भन्दै फर्कियो प्रहरी


कैलाली ३० असोज : कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । घटनामा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला बेपत्ता भएका छन् ।

तर, खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राति उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् ।

‘अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएन’ उनले अनलाइनखबरसँग भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।’

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् । स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

सोमबार साँझ चिसापानीमा पाँच जना सवार डुंगा दुर्घटना भएको थियो । तीन जना भने पौडिएर बाँचेका छन् । नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।

प्रकाशित मिति : २०७५, ३० आश्विन मंगलबार  ७ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना