२०८२, २१ भाद्र शनिबार

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ


धनुषा, २८ असोज धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताउनुभयो । मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ ।
शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो ।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ७ : ५४ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन