२०८२, ११ मंसिर बिहीबार

बनेपा साल्ट ट्रेडिङमा चिनीको गोदाम, उपभोक्ता भने रित्तो हात फर्किदैँ

बनेपा साल्ट ट्रेडिङमा चिनीको गोदाम, उपभोक्ता भने रित्तो हात फर्किदैँ


बनेपा,२७ असोज: काभ्रेको बनेपा स्थित सरकारी स्वामित्वमा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वितरण कक्षमा एउटा अनौठोको दृश्य देख्न पाइन्छ ।

त्यो हो । चिनी लिन आएका उपभोक्तालाई नून दिएर पठाएको । दशैँ, तिहार र छठ लक्षित सूपथ मूल्यको पसल समेत सञ्चलान गर्दै आएको साल्ट ट्रेडिङले चिनी वितरण नगर्दा उपभोक्ता निकै समस्यामा परेका छन् ।

शनिबार चिनी लिन साल्ट ट्रेडिङको वितरण कक्षमा पुगेकी थिइन् । काभ्रे तेमाल नारायणस्थानकी निर्मला लामा । उनले चिनी भने किन्न पाइनैन् । साल्ट ट्रेडिङका कर्मचारीले नून चाँहि थामाउने प्रयास गरे । तर चिनी प्याक गरेको बोरा हेर्दै उनले भनिन् त्यत्तिका चिनीको बोरा छन्, अनि उपभोक्तालाई चाँहि नून दिने ? “म बजारमा भन्दा केहि रकम मूल्य सस्तो र राम्रो पाइन्छ भनेर चिनी किन्न आएको थिए, उनले भनिन्, बोरा भरि चिनी छ, तर कर्मचारीले दिएनन् ।”

चिनी लिन गएका उपभोक्ता रित्तो हात फर्किने निर्मला मात्रै होइनन् । धेरै उपभोक्ताले चिनीको सास्ती खेप्नु परेको छ । साल्ट ट्रेडिङमा चिनीको गोदाम बनाएर राखिएको छ । तर वितरण गरिएको छैन् । केहि उपभोक्ता भने चिनी नपाएपछि नून नै लिएर फकिएका देखिन्थे ।

साल्ट ट्रेडिङले नून १८ रुपैयाँ प्रति पाकेट विक्री भइरहेको छ ।अन्य पसलबाट २० रुपैयाँ भन्दा माथि मूल्यमा नून बिक्री भइरहेको छ । साल्ट ट्रेडिङमा चिनी किन्न गएका उपभोक्ता नून लिएर फर्किदा नजिकै चिनी बिक्री गरिरहेका अन्य ब्यापारीहरु भने खुचिङ मार्दै हेरिरहेको दृश्य अझ रोचक देखिन्थ्यो ।

प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन पनि भएको थियो । तर त्यो अनुगमन समितिले साल्ट ट्रेडिङको चिनी गोदाम भने देखेन् । वा हेर्न चाहेन ?

बजारमा अन्य ब्यापारीले ७० रुपैयाँ प्रतिकेजी मूल्यमा चिनी बिक्री गरिरहेका छन् । तर साल्ट ट्रेडिङले भने मूल्य निर्धारण नभएको भन्दै चिनीको गोदाम बनाएर मात्रै राखेको छ । एकहप्ता अघि एक ट्रक चिनी साल्ट ट्रेडिङले बनेपा झारेको थियो । तर बिक्री गरेको छैन । “चिनी नभएको होइन् छ, वितरण कक्षमा बसेका एक कर्मचारीले भने तर कत्ति मूल्यमा बिक्री गर्ने भन्ने कुनै जानकारी आएको छैन् । त्यसैले चिनी किन्न आएका उपभोक्ता खालि हात फर्किएका हुन् ।”

अहिले गोदाम बनाएर राखेको चिनी कहिले बेच्ने त ? उपभोक्ताको प्रश्नमा ती कर्मचारीले भने “अब घाटा खाएर बेच्ने कुरा आउँदैन्, उताबाट मूल्य निर्धारण भएर आउने बित्तिकै बिक्री हुन्छ । तपाईहरुले अहिले देखेको भन्दा धेरै चिनी बिक्री हुने समय हो यो, तर हामी आफै पनि समस्यामा परेका छौँ ।”

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ७ : १२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री