२०८२, २५ बैशाख बिहीबार

गरे के हुन्न नेपालमा, हेर्नुहोस, बोडी खेतीबाट मनग्य आम्दानी

गरे के हुन्न नेपालमा, हेर्नुहोस, बोडी खेतीबाट मनग्य आम्दानी


दमौली, २७ असोज तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।

काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो कामबाट प्रमाणित गर्नुभएको छ । शिक्षण पेशासँगै उहाँले बोडी खेतीबाट समेत मनग्य आम्दानी गर्ने गर्नुभएको छ । उहाँले बोडी बिक्रीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।

मालेपाटन–१ जातको बोडीखेती गर्नुभएका उहाँले आगामी वर्ष अझ आम्दानी बढ्ने अनुमान गरेको बताउनुभयो । ‘‘शिक्षण पेशा र खेतीलाई समय छुट्याएर काम गरिरहेको छु,’’ उहाँले भन्नुभयो, ‘‘बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ।’’

सोही ठाउँका शान्तिमाया गुरुङले समेत बोडी खेतीबाट गत वर्ष रु। एक लाख साठी हजार आम्दानी गरेको बताउनुभयो । “यो वर्ष अझ राम्रो उत्पादन भएको छ, आम्दानी बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो ।

अर्का कृषक गङ्गासिंह गुरुङले पनि बोडी खेतीबाट रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार मालेपाटन–१ जातको बोडी बाह्रै महीना उत्पादन हुन्छ । फागुनदेखि चैत्र र साउनदेखि भदौ महीनामा बोडीको बीउ उत्पादन गर्न सकिन्छ ।

बोडीको बजारमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको बोडी तनहुँ, पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

क्विन्टलको रु तीन हजारसम्म बिक्री हुने गरेकाले बोडी खेतीमा यस ठाउँका कृषकहरु आकर्षित भएका छन् । सहास नेपाल नामक संस्थाको सहयोगमा यस ठाउँका कृषकले बोडीखेती शुरु गरेका हुन् ।

यस ठाउँका ४४ घरधुरीले बोडीखेती गरेको स्थानीय शान्तिमाया गुरुङले बताउनुभयो । “तीन÷चार वर्षदेखि यहाँका मानिसले व्यावसायिक रूपमा बोडीखेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “बोडीखेती आयआर्जनको प्रमुख स्रोत बनेको छ ।” बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नष्ट गर्ने गरेको गुनासो गर्नुहुन्छ स्थानीय तुलबहादुर गुरुङ । उहाँले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ६ : ५३ बजे

अटोमेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज

आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौं । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख