२०८३, १६ आश्विन शनिबार

नुवाकोटमा बस दुर्घटनामा तीनको मृत्यु, ५५ यात्रु घाइते

नुवाकोटमा बस दुर्घटनामा तीनको मृत्यु, ५५ यात्रु घाइते


बेत्रावती, २६ असोज :  नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कडेलको उपचारको क्रममा काठमाडाँ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ३३ जनाको उपचार काठमाडौ र २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत र बाँकीलाई एम्बुलेन्समार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना हुदाँ सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : २५ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार