२०८२, १६ मंसिर मंगलबार

सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु,मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए

सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु,मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए


असोज २६ काठमाडौं सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा यात्रु बोक्ने बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुली मरिण गाउँपालिकाका आशिष लामा, सिन्धुपाल्चोक वलेफीका रोहन पराजुली, गोरखा आरुघाटका हरि दाहाल र रामेछाप खांडादेवीका दीर्घराज मोक्तानको धुलिखेलमा उपचार भइरहेको छ ।

घाइतेहरुले दुर्घटनाको कारण चालक भन्दा पनि काठमाडौबाट पूर्व जादै गरेको एउटा मोटरसाइकल दोषी रहेको बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते, आशिष लामाले भने, ‘डाइभरले उताबाट बाइक आएपछि उसलाई जोगाउन अलि जोखिम मोले, बाइकको गति धेरै नै थियो, पछि हामी सुनकोशीमा खसेछौं उसलाई जोगाउदा चालक आफैं रहेनन् ।’

दुर्घटनामा बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामाको पनि मृत्यु भएको छ । उनको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ८ : ४२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी