२०८३, २५ आश्विन सोमबार

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछ : महामन्त्री डा कोइराला

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछ : महामन्त्री डा कोइराला


नवलपरासी, २५ असोज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ ।

विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

महामन्त्री डा कोइरालाले नेपालमा अहिले पनि महामानव बिपी कोइरालाको विचार उत्तिकै सान्र्दिर्भक भएकाले काङ्गे्रसले यो विचारको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदैं बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाएर अघि बढाउन सकिने बताउनुभयो ।

काङ्ग्रेस आफ्नै कारण र पार्टीभित्रको केही अपवादका कारण पनि चुनाव हारेको उल्लेख गर्दै उहाँले सङ्गठनमा लाग्ने कार्यकर्ताको अब सही मुल्याकङ्न हुने र पार्टी कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने बताउनुभयो ।

महामन्त्री डा कोइरालाले हामीले अब पनि काङ्गेसलाई एक बनाएर अघि बढ्न सकेनौं भने हाम्रो भविष्य नरहने बताउँदै सङ्गठनमा पूर्ण एकताका साथ अघि बढ्न सकेमा मात्र सबैको भविष्य सुरक्षित रहने धारणा व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अब तेरो र मेरो होइन, हामी एक काङ्ग्रेस भएर गाउँ गाउँमा गई जनताको मन जित्नु पर्ने बेला आएको छ भन्नुभयो । पार्टीलाई बलियो बनाउन ठोस कार्यनीति बनाई अघि बढ्नुको विकल्प नभएको उहाँले जोड दिनुभयो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, महालक्ष्मी डिना उपाध्याय, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही लगायतले काङ्गेसमा गुटको अन्त्य गरी एकताको सन्देश गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ९ : ११ बजे

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको