२०८२, ९ भाद्र मंगलबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश शर्माको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश शर्माको निधन


काठमाडौँ, २५ असोज सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पर्वत जिल्ला, फेवास नगरपाकिलामा विसं २००४ असार २० गते जन्मनुभएका शर्माले विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृतमा पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको सर्वोच्चले जनाएको छ ।

शर्मा संवैधानिक, वातावरणीय र वाणिज्य कानूनका क्षेत्रमा विशेष दखल राख्नुहुन्थ्यो । यसैबीच अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा शर्माको निधनले अदालत शर्माको निधनले न्यायलय अत्यन्त मर्माहत भएको र उहाँको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख छ ।

सर्वोच्च अदातलमा न्याय सम्पादनका क्रममा रहँदा शर्माले न्यायपालिकामा सूचना प्रविधिलाई संस्थागत गर्ने, अदालत तथा न्यायाधीशको सुरक्षा व्यवस्था चुस्त बनाउने र न्यायिक जनशक्ति व्यवस्थापन लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

सर्वोच्चका अनुसार उहाँ एक निर्भिक, मिलनसार, सहृदयी, मउदुभाषी, न्यायको मर्मज्ञ, कानूनका ज्ञाता एवं अनुभवी न्यायिक क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ४९ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको