२०८३, ३० असार बुधबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश शर्माको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश शर्माको निधन


काठमाडौँ, २५ असोज सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पर्वत जिल्ला, फेवास नगरपाकिलामा विसं २००४ असार २० गते जन्मनुभएका शर्माले विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृतमा पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको सर्वोच्चले जनाएको छ ।

शर्मा संवैधानिक, वातावरणीय र वाणिज्य कानूनका क्षेत्रमा विशेष दखल राख्नुहुन्थ्यो । यसैबीच अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा शर्माको निधनले अदालत शर्माको निधनले न्यायलय अत्यन्त मर्माहत भएको र उहाँको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख छ ।

सर्वोच्च अदातलमा न्याय सम्पादनका क्रममा रहँदा शर्माले न्यायपालिकामा सूचना प्रविधिलाई संस्थागत गर्ने, अदालत तथा न्यायाधीशको सुरक्षा व्यवस्था चुस्त बनाउने र न्यायिक जनशक्ति व्यवस्थापन लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

सर्वोच्चका अनुसार उहाँ एक निर्भिक, मिलनसार, सहृदयी, मउदुभाषी, न्यायको मर्मज्ञ, कानूनका ज्ञाता एवं अनुभवी न्यायिक क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ४९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै