२०८२, १५ भाद्र सोमबार

नातिनातिनीसँगै विद्यालय जान थालें ६६वर्षीया कृष्णकुमारी

नातिनातिनीसँगै विद्यालय जान थालें ६६वर्षीया कृष्णकुमारी


खोटाङ, २५ असोज नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए.बी.सी.डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ ।

विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १ मा अध्ययनरत हुनुहुन्छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी स्थानीयवासी कृष्णकुमारी हाल जेठी छोरी यामकुमारी र ज्वाइँ कृष्णबहादुर लोहारसँग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ मा बस्नुहुन्छ ।

लेखपढ गर्न जान्ने भएर फरर पुस्तक पढ्ने, मोबाइल चलाउने, सामान्य हरहिसाब आफँै गर्न सक्ने कृष्णकुमारीको धोको छ । गत वैशाख २ गते दुई नाति र एक नातिनीसँगै कक्षा १ मा भर्ना हुन आउनुभएकी कृष्णकुमारीको गत असार ५ गते भर्ना गरिएको सिद्धेश्वरी माविका प्रधानाध्यापक बिन्दा थापाले बताउनुभयो ।

“पहिला बूढी मान्छे नातिनातिनी लिएर विद्यालय भर्ना हुन आउनुभयो, मेरो पनि भर्ना गरिदिन प¥यो भन्नुभयो, हामीले नपत्याएर बूढी मान्छे ठट्टा गर्छिन् भन्दै पठायौँ,” उहाँले भन्नुभयो, “तर नातिनातिनीसँगै नियमित विद्यालय आउन थालेपछि मात्र कृष्णकुमारीको भर्ना लिएका हौँ ।”

बूढेसकालमा पढ्ने धोको पूरा गर्न चाहनुहुने कृष्णकुमारीले शुरु–शुरुमा कक्षामा कलिला बालबालिकासँग घुलमिल हुन अप्ठ्यारो भएको बताउनुभयो । “अहिले नातिनातिनी उमेरका बालबालिका नै मेरा नजीकका साथी भएको छ, पढ्ने रहर पूरा भयो, जान्ने भएर नातिनातिनीलाई सिकाउँछु,” उहाँले भन्नुभयो, “पाए जागिर पनि खान्छु, ‘क–ख सिकिसकेँ, ए.बी.सी.डी पनि सिकेँ, आकार–उकार सबै आउँछ, स्कूल आउँदा आफ्नो पीर मर्का पनि भुलेँ, अहिले यो मनलाई शान्ति मिलेको छ ।”

कृष्णकुमारीका दुई छोरी र एक छोरा विवाह गरेर आ–अफ्नो व्यवसायमा लागिसकेका छन् । कृष्णकुमारीका छोराबुहारी हेटौँडा बस्छन् । कान्छी छोरी वैदेशिक रोजगारीको सिलसिलमा विदेशमा रहेकी छिन् ।

आठ वर्षअघि श्रीमान् बुद्धिमानको मृत्यु भएपछि कृष्णकुमारी एक्ली हुनुभयो । गाउँमा एक्ली भएपछि कृष्णकुमारीलाई जेठी छोरी र ज्वाइँले आफूसँगै लगेर राखेका हुन् ।

कृष्णकुमारीको तीन छोरामध्ये तीन महीनाको अवधिमा दुइटा बितिसकेका छन् । श्रीमान् पनि बितेपछि कृष्णकुमारीलाई पीडाको खात चुलिँदै गयो । छोराछोरी आ–आफ्नै व्यवसायमा लागेपछि आफू बस्दै आएको घर पनि २०७२ सालको भूकम्पले भत्काइदियो । अहिले कृष्णकुमारीको स्कूले जीवन जिन्दगीका पीडा भुलाउने माध्यम बनेको छ ।

शिक्षकका अनुसार शुरुका दिनमा विद्यालयमा निराशजस्तो देखिने कृष्णकुमारी कलिला बालबालिकासँग घुलमिल गरेपछि अहिले हँसिली देखिनुहुन्छ । ढल्किँदो उमेरकी कृष्णकुमारी जोसका साथ लेखपढमा पनि ध्यान दिनुहुन्छ ।
–केदार मगर

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : २९ बजे

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई

यी हुन् मन्त्रिपरिषद्का २४ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को भदौ

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद