२०८३, ३० असार बुधबार

नेपाली सेना सक्रिय बन्दैं संविधान विरोधी तत्व निगरानीमा छ प्रधानसेनापति

नेपाली सेना सक्रिय बन्दैं संविधान विरोधी तत्व निगरानीमा छ प्रधानसेनापति


काठमाडौँ, २५ असोज नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताउनुभयो ।

गत भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेपछि पहिलोपटक आज सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले राष्ट्रको राष्ट्रिय सेनालाई सुदृढ, सबल र सक्षम तुल्याउन आफू दृढ रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानसेनापति थापाले भन्नुभयो, “सात वटा साङ्गठनिक लक्ष्य र १५१ वटा कार्य योजना लिएर नेपाली सेनालाई पूर्ण व्यावसायिक बनाउन आफू प्रतिबद्ध रहेको छु, अब भनसुन र आफन्तवादको अन्त्य हुन्छ, प्रक्रिया र पद्धतिविपरीत कुनै काम हुँदैन ।”

संस्थागत हित र स्वार्थलाई सर्वोपरि मानेर काम गर्ने प्रण गर्दै उहाँले व्यक्तिगत स्वार्थ सकलदर्जामा हाबी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानसेनापति थापाले नागरिक सर्वोच्चतालाई नेपाली सेनाले स्वीकार गरेको तथा सैनिकको व्यवसायिकीकरण नै आफ्नो मूल मुद्दा भएको दोहो¥याउँदै कार्यसम्पादनका आधारमा सकल दर्जाको मूल्याङ्कन हुने र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पुग्ने कुनै किसिमका गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

शान्तिकालमा हरेक देशका सैन्य विकास–निर्माणका काममा जुटेका दृष्टान्त प्रस्तुत गर्दै उहाँले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण नेपाली सेनाको प्राथमिकताको परियोजना भएको र त्यसलाई निर्धारित समयमा पूरा गर्न अहोरात्र खटिने स्पष्ट पार्नुभयो ।

एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट गर्नुभयो । सैनिक कल्याणकारी कोष र अन्य कल्याणकारी गतिविधिलाई पूर्ण पारदर्शी तुल्याइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ०८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै