२०८३, २६ श्रावण बुधबार

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता


काठमाडौं, असोज २५: नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा.दीपक भट्टराई, सोमप्रसाद मिश्र, प्राचार्य हरिकृष्ण श्रेष्ठ र सहायक प्राचार्य दीपक धामीले कलेजको आर्थिक हिसाब पारदर्शी बनाउन ‘जी पौडेल एण्ड एसोसिएट्स’ बाट लेखापरीक्षण गराएका थिए।

जसअनुसार अध्यक्ष लम्बोदर न्यौपानेलगायत १५ जनाको नाममा बेरुजु देखिएको हो। लेखापरीक्षण प्रतिवेदनअनुसार न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ, रामरत्न उपाध्यायको नाममा ७९ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख ५९ हजार ८ सय ९४ रुपैयाँ र उपेन्द्र गौतमको नाममा १ करोड ७८ लाख १६ हजार ७ सय १८ रुपैयाँ बेरुजु देखिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ३७ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा