२०८२, १६ चैत्र मंगलबार

खानेपानी समस्या समाधान गर्न कार्यदल

खानेपानी समस्या समाधान गर्न कार्यदल


काठमाडौँ, २४ असोज : खानेपानी मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा आज बसेको बैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागको सम्बोधन गर्न छ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलमा अर्थशास्त्री कमलकान्त पौडेल, इञ्जिनियर सुष्मा काफ्ले र सचिवालयका तर्फबाट प्रेस संयोजक शुकदेव चापागाईं, सुन्दर चौधरी एवं इन्द्रसिंह बुडाल रहनुभएको सचिव ठाकुरले राससलाई जानकारी दिनुभयो ।

कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासालाई वर्गीकरण गरी समाधान गर्न सम्बन्धित निकायलाई ताकेता गर्ने जनाइएको छ । मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासा माग गरेको थियो । सोही सूचनाका आधारमा हजारौँ समस्या तथा माग मन्त्रालयले सङ्कलन गरेको छ ।

खानेपानीमन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानीसम्बन्धी गुनासो एवं समस्या माग गरेको थियो । प्राप्त मागको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजनासहित काम अघि बढाउने गरी मन्त्रालय लागिपरेको सचिव ठाकुरले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ३४ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा