२०८३, ७ कार्तिक शनिबार

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल


काठमाडौँ, २४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ ।

आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीसँग छलफल गरेको हो ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो ।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट काम अघि बढिरहेका बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी गराउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना