२०८३, ३० असार बुधबार

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल


काठमाडौँ, २४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ ।

आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायब महान्यायाधिवक्ता नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीसँग छलफल गरेको हो ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो ।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट काम अघि बढिरहेका बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी गराउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : २५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित