२०८३, ७ कार्तिक शनिबार

सरकारले झाडा पखालाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने घोषणा

सरकारले झाडा पखालाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने घोषणा


बर्दिवास, २३ असोज प्रदेश नं २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने भएको छ ।

असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रु एक÷एक लाख राहत उपलब्ध गराइने घोषणा गर्नुभएको हो ।

सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुग्नुभएका उहाँले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताउनुभयो । पखालाको प्रकोपबाट चार वर्षीया बालिका खुश्वु खातुन र ४० वर्षीया वृद्धा अइसा खातुनको मृत्यु भएको थियो ।

दूषित पानीकै कारण पूरै बस्तीमा पखालाको प्रकोप फैलिएकाले अब स्वच्छ खानेपानीको प्रबन्ध गरिनुपर्नेमा जोड दिदैं उहाँले स्वच्छ खानेपानीको प्रबन्धका लागि तुरुन्त व्यवस्था गर्न जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई निर्देशन दिनुभयो ।

“आपूmले सक्ने काम नगरपालिकाबाटै र नसक्ने प्रदेश सरकारसँग माग गर्नुहोस्, प्रदेश सरकार तत्काल स्वच्छ खानेपानीको व्यवस्थामा जुट्नेछ”, मुख्यमन्त्री राउतले भन्नुभयो ।

पहिले खेतमा मारिएका भुरा माछा खाएर प्रकोप फैलिएको भनिए पनि पछि सो बस्तीमा खान प्रयोग गरिने चापाकलको पानीको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गरिँदा ‘इकोलाई र क्लोरीफर्म’ नामक दिसाका किटाणु फेला परेपछि प्रकोपका कारण खानेपानी रहेको पुष्टि भएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दाबढी पखालाले प्रभावित भएका थिए ।

बस्तीमा खान प्रयोग गरिँदै आइएको पानी १०० फिट गहिराइको मात्र भएकाले दूषित भएको स्वास्थ्य विज्ञले बताएका छन् । त्यसैले अब बस्तीमा २०० फिटभन्दा गहिरोको पानी प्रयोग गरिन चापाकल जडान गरिने जलेश्वर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना