२०८२, २ माघ शुक्रबार

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु


नयाँ दिल्ली, २३ असोज: भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जि.पी. सिंहले सञ्चारमाध्यमलाई बताउनुभयो । विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ । अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे बिस्तृत कुरा छानविन पछि आउने सिंहले बताउनुभयो । उक्त उद्योगमा चार बर्ष पहिले पनि विस्फोट भएको थियो । उक्त घटनामा चार श्रमिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : २६ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति