२०८२, १५ माघ बिहीबार

सांसद मानन्धरले राजीनामा दिने

सांसद मानन्धरले राजीनामा दिने


काठमाडौँ, २३ असोज : प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आउनुभएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गर्नुभएको छ । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उहाँले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिनुभयो ।

सांसद मानन्धरले भन्नुभयो, “पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हूँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।” पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उहाँको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिने मनस्थिति बनाएको सांसद मानन्धरले जानकारी दिनुभयो ।

सांसद मानन्धरले भन्नुभयो, “हाम्रो सङ्गठन चुस्त छ, जनतालाई घरघरमा गएर आश्वस्त तुल्याएर उपनिर्वाचनमा सहजरुपमा जित हासिल गर्न सक्छौँ ।” पार्टीको सचिवालय बैठकले राजीनामा दिन अनुमति पाऊँ भनी आफूले दिएको निवेदनलाई अनुमोदन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको दुई पटक वडाअध्यक्ष, २०७० सालको संविधानसभाको निर्वाचनमा सांसद भई जिम्मेवारी सम्हाली सक्नुभएका सांसद मानन्धर पार्टीभित्र परिपक्व राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ५४ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार