२०८३, २५ आश्विन सोमबार

‘विकासको बाधक मदिरा र लागुऔषध’: गृहमन्त्री थापा

‘विकासको बाधक मदिरा र लागुऔषध’: गृहमन्त्री थापा


दुल्लु, २३ असोज : गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताउनुभएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लागुऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयो “मदिरा र लागुऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।” उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गर्नुभयो ।

लागुऔषध निषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै उहाँले आम जनता मिलेर सोे अभियानमा लाग्न आग्रह गर्नुभयो । “समग्रमा मदिरा र लागुऔषधले अपराध बढाएको छ ।” गृहमन्त्री थापाले भन्नुभयो, “दुःध खाने बच्चाले पनि मदिरा खान थालेका छन्, मदिरा नियन्त्रणका लागि स्थानीय तहहरुले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।” स्थानीय तहका वडा तहदेखि नै नीति बनाएर मदिरा बिक्री वितरणका लागि निश्चित स्थान तोक्नुपर्ने उहाँको भनाई छ । २० वर्ष नपुगेकालाई मदिरा बिक्री वितरण गर्न रोकेर मदिरा सेवन गर्न तिनपुस्ते विवरण तयार गरी कडाइ गर्नुपर्नेमा उहाँको जोड छ ।

सोही कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई परनिर्भरताबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले कर्णालीमा गरीबीको कारण खोजी गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिक आडमा अपराध गर्ने प्रवृति रोकिएकोले राष्ट्र विखण्डनको अभिव्यक्ति दिँदै हिड्ने जो कोही व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रमा हुने अपराध रोक्न र सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : १६ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम