२०८२, २२ जेष्ठ बिहीबार

नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र

नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र


महिला शक्तिको ९ स्वरुप, महिला अास्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक तिथीमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् ।

प्रस्तुत छ ९ देवीहरुका विशेष मन्त्र, जुन मन्त्र पाठ गरी हरेक दिन फरक दुर्गा भवानीका नौ वटै स्वरुपको अाराधना गर्न सकिनेछः

१) शैलपुत्री: प्रतिपदाको दिन माता शैलपुत्रीको पूजापाठ तथा नित्य अाराधना गर्दै प्रारम्भ हुन्छ नवरात्री/नौरथाको । माता शैलपुत्रीलार्इ धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरीन्छ ।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।’

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’

३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलार्इ ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’

४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको अाराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’

६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’

७) कालरात्रि: यीनको अाराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलार्इ सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।’

८) महागौरीः माता महागौरीको अाराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् ।

मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलार्इ मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ०४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक