२०८२, २२ कार्तिक शुक्रबार

डेंगु फैलिन नदिन अभियान सुरु

डेंगु फैलिन नदिन अभियान सुरु


भद्रपुर, २३ असोज: झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका स्वास्थ्य शाखाले प्रत्येक वडामा अभियान शुरु गरेका छन् । घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग लाग्ने लार्भा नष्ट गर्न थालेका छन् । जमेको पानी पहिचान गरी लार्भा नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको छ । मेचीनगर नगरपालिका–३ मा चार डेंगु रोगी फेला परेका थिए । उपचारपछि उनीहरू हाल स्वस्थ रहेको स्वास्थ्य शाखाका अधिकृत शशीकला राईले बताउनुभयो । गत वर्ष डेंगुका कारण पाँच सय बिरामी भएका थिए । केहीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ५३ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर