२०८३, २५ श्रावण मंगलबार

यस वर्षको वडा दशैँको साइत के गर्दा शुभ , यस्तो छ नालीबेली….

यस वर्षको वडा दशैँको साइत के गर्दा शुभ , यस्तो छ नालीबेली….


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताउनुभयो ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ । असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ४६ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।