२०८२, १६ मंसिर मंगलबार

गरिबको परिचयपत्र हुनेखानेलाई !

गरिबको परिचयपत्र हुनेखानेलाई !


बाजुरा, २३ असोज: जिल्लाको छेडेदह गाउँपालिकामा धनी र हुनेखानेका नाममा गरिब परिचयपत्र बनेको भन्दै परिचयपत्र वितरण गर्ने कार्यमा रोक लगाएको छ । छेडेदह गाउँपालिकाको वडा नं. ३ मा गरिबका नाममा हुनेखाने र धनीका नाममा गरिबको परिचयपत्र बनेको भन्दै गरिबको नाउमा धनीलाई परिचयपत्र नबाँड्ने भन्दै गाउँपालिकाले रोक लगाएको हो । वास्तविक गरिबको पहिचान नभई गरिब परिचयपत्रको दुरुपयोग गर्दै धनीहरूका हातमा पर्ने भएकाले वास्तविक गरिबको पहिचान नहुँदासम्म परिचयपत्र वितरण नगर्ने छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दीपक रावतले बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

जिल्लाभरिको आर्थिक हैसियत अध्ययन गर्दा १२ महिनासम्म खान पुग्नेको सङ्ख्यामा पर्नेलाई गरिब नभनेर हुनेखानेलाई परिचयपत्र थमाउने कामलाई हामीले रोकेका हौँ, अध्यक्ष रावतले भन्नुभयो । जिल्लामा गरिबी व्याप्त भएको र गरिब परिचयपत्रमा वास्तविक गरिबले नपाउन्जेलसम्म हाम्रो वडामा गरिब परिचयपत्र वितरण नदिइने उहाँले बताउनुभयो ।

जिल्लाका धनाल्त, मौवाडी, धुर्तला र गुदुवासीले वास्तविक आफू गरिबको तथ्याङ्कमा आउन नसकेको भन्दै विरोध जनाएका छन् । धनीको नाम गरिबको सूचीमा आयो भने हामी गरिबको नाम कुन सूचीमा पर्ने हो ? स्थानीय रमेश बुढाले भन्नुभयो ।गरिबले हुनेखानेको जमिन जोतेर दैनिक जीवन गुजारा गर्दै आएका छन् । जमिन्दार नै गरिबको सूचीमा परेका छन्, यो जिल्लामा भने कसरी न्याय हुन्छ ? बुढाले भन्नुभयो । यो समस्या छेडेदह गाउँपालिका मात्र नभई जिल्लाको सबै नगर तथा गाउँपालिकामा रहेको छ । एउटा गरिब परिचयपत्रमा यस्तो खालको विभेद हुन्छ भने कुनै सरकारी क्षेत्रको सेवा प्रवाहमा के होला ? स्थानीयस्तरमा आएका योजना के हुन्छन् होला ? उहाँले प्रश्न गर्दै भन्नुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ३५ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी