२०८१, ५ चैत्र बुधबार

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन


काठमाडौं, असोज २३: राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ।हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हाे ।

राष्ट्रिय पुनर्निर्मण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरु अहिलेको राष्ट्रपति कार्यालमा कमी देखिएकाले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यलय निर्माण हुन लागेको जानकारी दिए।

राष्ट्रपति कार्यालयले नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषदले समेत निर्णय गरिसकेको जनाएको छ। मन्त्रिपरषदको निर्णयअनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रियामा यथशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी दिए।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गामा आवश्यक पर्ने सम्पूर्ण पूवाधार र संरचनासहितको कार्यालय निर्माण गरिने भएकाे समाचार अाजकाे गाेरखापत्रमा छ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : १० बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था