२०८३, १६ आश्विन शनिबार

सिङ हेरौं, खसी किनौं

सिङ हेरौं, खसी किनौं


काठमाडौं, असोज २३: दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन्। त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो। त्यसका लागि घटस्थापनादेखि पशुचिकित्सक परिचालन हुँदैछन्। तिनले खसी बजार गएर स्वास्थ्य जाँच गर्नेछन्। ‘हरियो छ भने स्वस्थ र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझनु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. चन्द्र ढकालले भने। पशु सेवा विभागका विज्ञहरु काठमाडौं र भक्तपुरमा खट्नेछन्। कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा, नागढुंगा, बालाजु, चोभार, नागढुंगा टुकुचा, भक्तपुर लगायतका स्थानमा पुगी जाँचिने भएको हो।

बिहान सातबजेदेखि दशबजेसम्म र बेलुका तीनबजेदेखि पाँच बजेसम्म अनुगमनमा खटिने छन्। ढुवानी गरी ल्याइएका ३५ हजार भन्दा बढी खसीबोका काठमाडौंमा खरिदबिक्री गरिँदै छ।पशुचिकित्सक टोलीले बजारमा गएर खसीबोकाको स्वास्थ्य जाँच गर्नेछन्। ‘सिङमा हरियो रङ छ भने स्वास्थ्य र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझ्नु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा.चन्द्र ढकालले भने।

दसैंमा झण्डै ६० प्रतिशत खसीबोका भारतबाट ल्याइन्छ। टाढाबाट कोचेर ल्याइँदा बाटामै रोगिएका हुन्छन्। बस र ट्रकभित्रै निसासिएर केही मर्छन्। सीमावर्ती क्षेत्रमा क्वारेन्टाइन कार्यालयले सामान्य जाँच गर्छ। रोगिएका खसीबोका झोक्राएर थुचुक्क बस्छन्। हिँडडुल गर्न रुचाउँदैनन्। त्यस्तो लक्षण देखाउनेलाई पशु चिकित्सकले रातो चिह्न लगाउने छन्। चलायमान, सक्रियले मात्र हरियो चिह्न पाउने छन्। खुला सीमाका कारण अस्वस्थ खसीबोका भित्रन सक्ने आशंका छ। रोग लागेर वा कालगतिले मरेका पशुको मासु बिक्री गर्न मासु जाँच ऐनले रोक लगाएको छ।

सिङमा लगाइने चिह्न नमेटिने खालको हुनेछ। सरकारी टोलीले रङ लगाएपछि व्यापारीले मेट्न खोजे पनि जाँदैन। आँखामा चिप्रा लागेको, आँसु निकालिरहेको, दुब्लो पातलो, छेरिरहेको, मुखबाट र्‍याल निकालेको, मुख, खुट्टामा घाउ भएको खोच्याउने, घाउ चोटपटक लागेको खसीबोकामा रातो चिह्न लगाइने महानिर्देशक डा. विमलकुमारले बताए। मासुको गुणस्तर नबिग्रने गरी उपभोग गर्नुपर्ने वीर अस्पतालका वरिष्ठ पेट रोग विशेषज्ञ डा.विधाननिधि पौडेलको सुझाव छ। ‘स्वास्थ्य खरिद गर्ने मात्र होइन वध गर्दा र पकाउँदा पनि होस पुर्‍याउनु पर्छ। मासु संक्रमण हुनबाट बचाउनु पर्छ’, उनले भने।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ०५ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार