२०८२, २३ असार सोमबार

सिङ हेरौं, खसी किनौं

सिङ हेरौं, खसी किनौं


काठमाडौं, असोज २३: दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन्। त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो। त्यसका लागि घटस्थापनादेखि पशुचिकित्सक परिचालन हुँदैछन्। तिनले खसी बजार गएर स्वास्थ्य जाँच गर्नेछन्। ‘हरियो छ भने स्वस्थ र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझनु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. चन्द्र ढकालले भने। पशु सेवा विभागका विज्ञहरु काठमाडौं र भक्तपुरमा खट्नेछन्। कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा, नागढुंगा, बालाजु, चोभार, नागढुंगा टुकुचा, भक्तपुर लगायतका स्थानमा पुगी जाँचिने भएको हो।

बिहान सातबजेदेखि दशबजेसम्म र बेलुका तीनबजेदेखि पाँच बजेसम्म अनुगमनमा खटिने छन्। ढुवानी गरी ल्याइएका ३५ हजार भन्दा बढी खसीबोका काठमाडौंमा खरिदबिक्री गरिँदै छ।पशुचिकित्सक टोलीले बजारमा गएर खसीबोकाको स्वास्थ्य जाँच गर्नेछन्। ‘सिङमा हरियो रङ छ भने स्वास्थ्य र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझ्नु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा.चन्द्र ढकालले भने।

दसैंमा झण्डै ६० प्रतिशत खसीबोका भारतबाट ल्याइन्छ। टाढाबाट कोचेर ल्याइँदा बाटामै रोगिएका हुन्छन्। बस र ट्रकभित्रै निसासिएर केही मर्छन्। सीमावर्ती क्षेत्रमा क्वारेन्टाइन कार्यालयले सामान्य जाँच गर्छ। रोगिएका खसीबोका झोक्राएर थुचुक्क बस्छन्। हिँडडुल गर्न रुचाउँदैनन्। त्यस्तो लक्षण देखाउनेलाई पशु चिकित्सकले रातो चिह्न लगाउने छन्। चलायमान, सक्रियले मात्र हरियो चिह्न पाउने छन्। खुला सीमाका कारण अस्वस्थ खसीबोका भित्रन सक्ने आशंका छ। रोग लागेर वा कालगतिले मरेका पशुको मासु बिक्री गर्न मासु जाँच ऐनले रोक लगाएको छ।

सिङमा लगाइने चिह्न नमेटिने खालको हुनेछ। सरकारी टोलीले रङ लगाएपछि व्यापारीले मेट्न खोजे पनि जाँदैन। आँखामा चिप्रा लागेको, आँसु निकालिरहेको, दुब्लो पातलो, छेरिरहेको, मुखबाट र्‍याल निकालेको, मुख, खुट्टामा घाउ भएको खोच्याउने, घाउ चोटपटक लागेको खसीबोकामा रातो चिह्न लगाइने महानिर्देशक डा. विमलकुमारले बताए। मासुको गुणस्तर नबिग्रने गरी उपभोग गर्नुपर्ने वीर अस्पतालका वरिष्ठ पेट रोग विशेषज्ञ डा.विधाननिधि पौडेलको सुझाव छ। ‘स्वास्थ्य खरिद गर्ने मात्र होइन वध गर्दा र पकाउँदा पनि होस पुर्‍याउनु पर्छ। मासु संक्रमण हुनबाट बचाउनु पर्छ’, उनले भने।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ०५ बजे

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

काठमाडौं ।  पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत