२०८२, ९ भाद्र मंगलबार

छानविन प्रतिवेदनमाथि नै प्रश्नः आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

छानविन प्रतिवेदनमाथि नै प्रश्नः आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?


काठमाडौं, असोज २३: निर्मलता पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ । समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ ।

छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ । तर, प्राप्त पोस्टमार्टममा पाँचजना चिकित्सक संलग्न थिए । सो पोस्टमार्टम प्रतिवेदनमा डा. श्रेष्ठबाहेक डा. एमएन अन्सारी डा. सन्दीप कुमार, डा. धीरज जोशी र डा. सुदीप खनालको हस्ताक्षर छ ।

घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धानता डा. ल्हामो शेर्पाका अनुसार उनले पनि तीनजना मात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेकी थिईन् । मैले पोस्टमार्टमको हार्डकपी नै हेरेकी थिएँ, जसमा तीनजना चिकित्सकको मात्र हस्ताक्षर थियो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ६ : ५० बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको