२०८२, २२ कार्तिक शुक्रबार

करेन्ट लागेर ट्रक चालकको मृत्यु

करेन्ट लागेर ट्रक चालकको मृत्यु


बेत्रावती, २२ असोज : सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आउँदै गरेको ट्रकका चालक नुवाकोटको लिखु गाउँपालिका–१ बराहफेदीका भरत ढुङ्गानाको मृत्यु भएको हो ।

ना३ख ४७६८ नंको ट्रक चालक ३४ वर्षीय ढुङ्गानाले सडकमा लत्रिरहेको विद्युतीय तार हटाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

स्थानीयवासीले बिग्रेको विद्युतीय तार मर्मतमा नेपाल विद्युत् प्राधिकणको लापरवाही भएको कारण घटना भएको भन्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार मर्मतको माग गर्दै विरोध जनाएका छन् । उनीहरुले शव उठाउन नदिँदा आज अपराह्नदेखि देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : ३८ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर