२०८२, १६ मंसिर मंगलबार

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर

घुस माग्ने प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर


काठमाडौँ, २२ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा रु ३० हजार घुस मागेको अभियोग उहाँमाथि लागेको छ । यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु पाँच हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु एक लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उहाँहरुले घुस मागेको आयोगले अभियोग लगाएको छ । यसैगरी आयोगले नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंशबन्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग अमिन मण्डलले रु नौ हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले आजै इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको अभियोग उहाँमाथि लागेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ७ : २० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी