२०८२, ८ असार आईतबार

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल

‘सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनु पर्छ : उपसभामुख पोखरेल


इटहरी, २२ असोज: प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

इटहरीमा रहेको पुरानो जनता माविले आज यहाँ शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै उहाँले शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सामूहिक सहकार्यबाट अपेक्षाकृत सुधार ल्याउन सकिने तर्क अघि सार्नुभयो । उहाँले इमान्दारितापूर्वक सहकार्य जरुरी रहेकोमा ध्यानाकर्षण गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलद्वारा प्रस्तुत गुरुयोजनाका विषयमा आफ्नो टिप्पणी प्रस्तुत गर्नुहुँदै प्राध्यापक डा.टङ्क न्यौपानेले शिक्षालाई राजनीतिबाट अलग गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखे अपेक्षाकृत सुधार हुने उहाँको तर्क थियो । अर्का टिप्पणीकार प्राध्यापक डा.दिवाकर रेग्मीले शिक्षाको मूल उद्देश्य प्राप्तितर्फ शिक्षक, विद्यार्थी र अभिभावक केन्द्रित हुन सके आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ४६ बजे

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका

‘देश बन्दैछ :  पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा नेपालको पहिलो पाइला’

काठमाडौँ । दैलेखको भ‌रवी गाउँपालिकामास्थित पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर

उदयपुरमा कांग्रेस–माओवादी रित्तिदै सयौं एमालेमा प्रवेश

उदयपुर । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न