२०८३, २५ आश्विन सोमबार

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री विष्ट

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री विष्ट


काठमाडौँ, २२ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को आज लोकार्पण गर्दै उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।”

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उहाँले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको बताउनुभयो । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गर्नुभयो । सो अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ३७ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम