२०८३, ३० असार बुधबार

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका


ललितपुर, २२ असोज : रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ । यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला । त्यसो हो भने पनि ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ ।

सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ । उहाँले भन्नुभयो, “यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ ।” चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उहाँले बताउनुभयो । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने उहाँले बताउनुभयो ।

सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताउनुभयो । यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । उहाँले भन्नुभयो, “दशैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिइएको छ ।” दशैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्काे चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताउनुभयो । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक भएका ठाउँमा बोलपत्र भइरहेको छ ।” यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताउनुभयो । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ ।

मङ्गलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएको छ । स्थानीयवासी, यस क्षेत्रमा हिँड्ने यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने उहाँले बताउनुभयो । महर्जनले भन्नुभयो, “स्थानीयवासीको मागकै आधारमा हामीले विद्युत् प्राधिकणसँगको सहकार्यमा बत्ती जडान गरिरहेका हौँ ।” रातको समयमा सडक दुर्घटना धेरै हुने भन्दै त्यो कम गर्ने सडक बत्ती जडान गर्न आवश्यक भएको ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रातका समयमा सडक दुर्घटना र अपराधका घटना दुबै बढी हुने गर्दछ । यसअघि महानगरपालिकाका मुख्य र सहायक सडक कतै पनि सडक बत्ती थिएन ।
-रासस

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ५१ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित