२०८२, २२ चैत्र सोमबार

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट


धनगढी, २१ असोज : सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन हुने आज मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तक्र्रियामा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै घरजग्गा रजिष्ट्रेशनमा रु ३९ करोड ९३ लाख, दण्ड, जरिवाना, जफत शीर्षकमा रु तीन करोड तथा अन्य विविध शीर्षकमा रु छ करोड राजश्व सङ्कलन हुने अनुमान गरिएको छ ।

मन्त्री बोहराले चालू आवको साउन र भदौमा राजश्व सङ्कलन सन्तोषजनक रहेको बताउनुभयो । दुई महीनाका अवधिमा घरजग्गा रजिष्टे«शनवापत रु पाँच करोड चार लाख र सवारी साधनमा रु चार करोड २५ लाख सङ्कलन भएको छ । राजश्व वृद्धिका लागि करको दायरा बढाउने, चुहावट कम गर्ने लगायत प्रयास मन्त्रालयले गरिरहेको छ । आम्दानीका स्रोत कम भएकाले राजश्वको ठूलो हिस्सा केन्द्रमा निर्भर हुनुपर्ने अवस्था प्रदेश सरकारलाई छ ।

देशको कूल राजश्वमध्ये निकै कम राजश्व सुदूरपश्चिम प्रदेशबाट सङ्कलन हुने गरेको छ । प्रदेश सरकारले अहिले घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी कर, प्रदेश सेवा शुल्क, कृषि, मनोरञ्जन, विज्ञापन, दण्डजरिवाना, जफतलगायत शीर्षकमा राजश्व सङ्कलन गरिरहेको छ । यीमध्ये कतिपय शीर्षकमा सङ्कलित राजश्व प्रदेश र स्थानीय सरकारबीच बाँडफाँट हुनेछ । आजै सुदूरपश्चिम प्रदेश सरकारले जारी प्रदेशसभाको वर्षे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ८ : ५८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर