२०८३, १८ श्रावण मंगलबार

नेपालद्वारा थाइल्याण्ड पराजित

नेपालद्वारा थाइल्याण्ड पराजित


काठमाडौँ, २१ असोज: मलेसियामा जारी आइसिसी टी –ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल थाइल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आज भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा समेटियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । वान्चना विइसक र जिअउल होकले सात सात रन मात्र बनाए । नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । त्यसै गरी करण केसीले ३ विकेट लिए । साढे एक ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै शरद् भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिलकुमार शाहले २५, विनोद भण्डारीले १५, आरिफ शेखले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कप्तान पारस खड्काले ५ र सोमपाल कामीले ४ रन जोडे । थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : ३६ बजे

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न