२०८२, ११ भाद्र बिहीबार

सिके राउत गौरबाट पक्राउ

सिके राउत गौरबाट पक्राउ


काठमाडौँ, असोज २१ : देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न आवाञ्च्छित गतिविधि गर्दै नाराबाजी गरेर अदालतबाट निस्केका राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध अदालतमा मुद्धा परेकाले उनी त्यही मुद्धाको तारेखमा अदालतमा उपस्थित भएका थिए । उनलाई देश द्रोहको मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलयमा रौतहटका डीएसपी महेन्द्रप्रसाद मरासयनीले जानकारी दिनुभयो ।

राउतलाई छुटाउन उनका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि बसिरहेका छन् । राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएका थिए । गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए ।

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए । राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : ३३ बजे

एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, विद्यालय शिक्षा विधेयक संशोधनको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग

पाथिभरा देवीको दर्शन गरौं

काठमाडौं । पाथिभरा देवी मन्दिर नेपालको पूर्वी भागमा अवस्थित एक

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई भक्तपुर जिल्ला

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल