२०८३, २५ श्रावण मंगलबार

एघार एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, को को परे ?

एघार एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, को को परे ?


काठमाडौं, असोज २१ : गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।  गृहमन्त्रालय अन्तरगत बढुवा समितिको शनिबार बसेको बैठकले विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली र पूर्णचन्द्र जोशीसहित एघार एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजीमा बढुवाका लागि सयमा ७२ अंकसहित पहिलो नम्बरमा विनोद शर्मा घिमिरे सिफारिस भएका छन् । त्यसपछि दोस्रो र तेस्रोमा विकास श्रेष्ठ र ठाकुरप्रसाद ज्ञवाली रहेका छन् । डीआईजीमा बढुवाका लागि सिफारिस हुने अन्य एसएसपीहरुमा तारिणीप्रसाद लम्साल, प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी ठुले राईद्वारा शनिबार हस्ताक्षरित सिफारिस अनुसार जनपद प्रहरी समूहतर्फका एसएसपीहरुलाई त्यही समूहतर्फ डीआईजी पदका लागि प्रहरी नियमवाली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवाका लागि सिफारिस गरिएको हो ।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : १२ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।