२०८२, १० भाद्र बुधबार

एघार एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, को को परे ?

एघार एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, को को परे ?


काठमाडौं, असोज २१ : गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।  गृहमन्त्रालय अन्तरगत बढुवा समितिको शनिबार बसेको बैठकले विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली र पूर्णचन्द्र जोशीसहित एघार एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजीमा बढुवाका लागि सयमा ७२ अंकसहित पहिलो नम्बरमा विनोद शर्मा घिमिरे सिफारिस भएका छन् । त्यसपछि दोस्रो र तेस्रोमा विकास श्रेष्ठ र ठाकुरप्रसाद ज्ञवाली रहेका छन् । डीआईजीमा बढुवाका लागि सिफारिस हुने अन्य एसएसपीहरुमा तारिणीप्रसाद लम्साल, प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी ठुले राईद्वारा शनिबार हस्ताक्षरित सिफारिस अनुसार जनपद प्रहरी समूहतर्फका एसएसपीहरुलाई त्यही समूहतर्फ डीआईजी पदका लागि प्रहरी नियमवाली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवाका लागि सिफारिस गरिएको हो ।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : १२ बजे

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको